गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

नुवाकोट | असोज १९, २०८१

गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

नुवाकोट:    काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको लमजुङको सुपर दोर्दी ‘ख’ आयोजनाको गाडी नुवाकोटमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । 

    
बा१४च ३८५४ नम्बरको गाडी नुवाकोटको शिवपुरी–८ काफलडाँडामा दुर्घटना हुँदा काठमाडौँका ५८ वर्षीय उपेन्द्र खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो । 


गम्भीर घाइते खनालको उपचारका लागि काठमाडौँ लैजाने क्रममा बाटोमै मृत्यु भएको उहाँले बताउनुभयो । 

    
उक्त दुर्घटनामा घाइते भएका गाडी चालक ४६ वर्षीय विश्वनाथ अधिकारी, ५२ वर्षीय रामशरण अधिकारी, ७६ वर्षीया हरिकला खनाल, ५१ वर्षीया गायत्री खनाल र ६३ वर्षीय चन्द्रनाथ शर्माको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्